लिला सेलिङ माबोद्धारा एनआरएन यूकेलाई एक लाख प्रदान

Published On: Thursday, March 9, 2017 | Source: NRNA UK

किराँत याक्थुङ चुम्लुङ यूके केन्द्रका महिला समितिका अध्यक्ष एबं एनआरएनए यूकेका च्यारिटी बिभागका सदस्य श्रीमती लिला सेलिङ माबो र उनका परिवारहरु मिलेर एनआरएन यूकेको एक कार्यकाल एक परियोजना अन्तर्गत परेको पाँचथरको सिरिसे स्कुलको पुनर्निमाणको लागि एक लाख रुपैयाँ प्रदान गरेका छन् ।


गत बर्षको सेप्टेम्बर महिनामा आयोजित सिरिसे स्कूल च्यारिटी डिनरताका उनी र उनको परिवारले उक्त सहयोग रकम अनुदान दिने घोषणा गरेका थिए ।


एनआरएनए यूकेको गत बर्षको अगष्ट १५ मा बसेको बैठकको निर्णय र त्यसको लगत्तै पाँचथरको थर्पू गाउँवासीहरुको सेप्टेम्बर २ मा बसेको भेलाले पारित गरेको निर्णय बमोजिम एक लाख रुपैयाँ वा त्योभन्दा बढी अनुदान दिएको आधारमा श्रीमती लिला सेलिङ माबो, उनका जेठानी याम कुमारी माबो र तिनका संयुक्त परिवार स्वत उक्त बिद्यालय भवनको संरक्षक हुने भएका छन् ।


ठूलो परिमाणमा अलैंची उत्पादन गरी उक्त क्षेत्रमा अलैंची खेतीको प्रवद्र्धन समेत गर्ने पाँचथर जिल्ला थर्पू ६ दारिम्बाका यी माबो परिवार गाउँमा 'हवल्दारेहरु' भनी चिनिन्छन् । बेलायतको दश उत्कृष्ट विश्वविद्यालयहरुमध्येमा पर्ने सर्रे युनिभर्सिटीबाट समाजशास्त्र र अपराधशास्त्रमा बिएस्सी अनर्स पुरा गर्न लागेका लिला सेलिङ माबोका श्रीमान श्रीप्रसाद माबो र उनका साहिंला दाइ आइतहाङ माबो दुबै अल्डर्शटस्थित मिल्ट्री प्रोभोस्ट गार्डिङ सर्भिसमा सेवारत छन् । दुवै परिवार हाल बेलायतमा बसोवास गरिरहेका भएपनि गाउँमा आफ्ना समाजसेवी दाजु भिमलाल माबोले सिरिसे स्कूल भवनको संरक्षण गर्ने भएका छन् । 

यही मार्च महिनाको अन्तबाट भवन निर्माणको शिलान्यास गर्न लागिएको हुनाले योजनाको लागि प्रथम दफाको रुपमा उक्त रकम आज मार्च ९ तारिखको दिन एनआरएनए आइसीसीको च्यारिटी खाता नम्बर Bank of Kathmandu, Account no. ‎‎062500000144 मा जम्मा गरिएको हो ।


यदी तपाईं पनि एनआरएनए यूकेको एक कार्यकाल एक परियोजनाको सिरिसे स्कूलको पुनर्निमाणको लागि सहयोग गर्न चाहानुहुन्छ भने कृपया निम्न खातामा जम्मा गरेर हामीलाई जानकारी दिन सक्नुहुनेछ । 

In Nepal:

 

NRNA Charity Fund Account:
Account No    :    ‎‎062500000144
Beneficiary    :    NRNA CHARITY FUND
Bank    :    Bank of Kathmandu, Kamaladi, Kathmandu
Swift    :    BOKLNPKA

 

In the UK:

 

NRNA UK
a/c- 50757760
code- 309988
Lloyds Bank 

NRN UK को Account मा पैसा जमा गर्दा Viber मा बैंक खाता को नाम सहित उल्लेख गरिदिनु हुन तथा नगद जमा गर्नुहुने दाता हरु ले कृपया आफ्नो नाम उल्लेख गरिदिनु भै Viber Group मा Proof पठाइदिनु हुन अनुरोध गर्दछौ l

 

 

प्रवक्ता
एनआरएनए यूके